Sakshatkar.com : Sakshatkartv.com

.

Amp auto ads

Item Post Navigation Display

Home Recent Posts Display

Related Posts Display

शनिवार, 25 अक्टूबर 2025

Ontario to stop running anti-tariff advert that angered Trump

0

The advertisement will be paused from Monday so "trade talks can resume" with the US, Doug Ford says.

Read more

Japanese tourist falls to death at Pantheon in Italy

0

Local media reports the 69-year-old had been sitting on a wall when he lost his balance.

Read more

Ukraine allies pledge to take Russian oil and gas off global market

0

A "coalition of the willing" meeting in London seeks to increase pressure on Russia to end its war in Ukraine.

Read more

0

 स्वस्ति संव्रद्धते देहः स्वक्षेमे कालप्रेरिणम्‌। विकल्पपापवृज्जंनो क्षेमायश्च [१७ क]


प्रशीदति:।। कर्म्मेण प्रवर्तमानः कलि-


. युगे समस्तसरभूपालामोलिपालश्चचरणाम्बुजस्य राज्यम्‌। | श्रीमदयद्धिष्ठिरस्यादिराज्ये। | हिमवन्तशेल्यम ध्यवर्त्तणी, महार-


न्यभूते भूमण्डले।। प्रधानश्रीभृङ्गारेश्वरः भटारिक प्रादर्भत:।। तदन गोतमादिभिः ऋषिग्नैस्तश्र प्रचरतिः।। गोत्मेश्वराद-


यो देवा प्रतिष्ठिताम्‌।। तत्रांतरे श्रीभृड्गारेशवरीभटारिका श्लेष्मान्तकःवने विहरति गोपालो बभूवः तत पश्चात्‌ मालाखातः


गोग्रामस्य आगमेन, नेपनामा गोलकस्य। बहुही नाम कपिला गावी, वाग्मतीतीरे, स्वयन्दिनप्रति गत्वा सुशीरपजाके क्षीर-

धारा, तेन ART, ASM गोपालेन दुष्टाः खनित्वा चः श्रीमत्पशुपतिभटारक [१७ ख]


प्रादर्भतः। । तत्राद्यो राजा श्रीभूमिगप्तः। वर्ष ८६।। राजा श्री-


य(ज)यगुप्त वर्ष ७३ मा ३।। राजा श्री धर्म्मगुप्त वर्ष ९१।। राजा श्री हर्षगुप्त वर्ष ६७।। राजा श्रीभीमराप्त वर्ष ३४।। राजा श्रीमनिगुप्त वर्ष ३-


७।। राजा श्रीविष्णुगप्त वर्ष ४६।। राजा श्रीजिनगप्त वर्ष ७१ एवम्मष्टा गोपालराजा भवतिः। | I । तदनु गोपालराजा निर्ज्जित्य


महिषपालनाम्‌ यथाक्रमेनः राज्यपदम्भुंजीतः।। राजा श्रीवरसिह वर्ष ४९ राजा श्रीजयसिह वर्ष ७१ मा २।। राजा श्रीभुवनांशह


वर्ष ४१।। एते त्रय महिष्रपाल राजा।। तत पश्चात्‌ गोपालमहिषपाल निर्ज्जित्य: किरातराजा प्रवर्ततः।। ।।राजा श्रीएलम् वर्ष ९०। राजा श्री



M.


x


[15 ख] १


Y


-


We वर्ष ८१।। राजा श्रीमेलं वर्ष ८९।। राजा श्रीचंमिं वर्ष ४२।। राजा श्रीधस्क वर्ष ३७।। राजा Maga वर्ष ३१ मा ६।। राजा श्रीहंतिं वर्ष ४० मा ८ राजा श्रीहरमा वर्ष ५०।। राजा श्रीतस्के वर्ष ४१ मा ८।। राजा श्रीप्रसफ बर्ष ३८ मा ६।। राजा श्रीपवः वर्ष ४६।। राज़ा श्रीदास्ती वर्ष ४०।।


राजा श्रीचम्व वर्ष ७१ ।। राजा श्रीकंक वर्ष ५४।। राजा श्रीस्वनन्द वर्ष ४० मा ६।। राजा श्रीफुकों वर्ष ५८।। राजा श्रीशिघु वर्ष ४९ मा ६।। राजा श्रीजलम वर्ष ७३ मा ३।। राजा श्रीलुक वर्ष ४०।। राजा श्रीथोरम् वर्ष ७१।। राजा श्रीथृको ՀՎ ८३।। राजा श्रीवर्म्म वर्ष ७३ मा ६।। राजा श्रीगुंजं व-


Վ ७२ मा ७।। War Maes वर्ष ८१।। राजा श्रीत्यपमि वर्ष ५४।। राजा श्रीमुगमम् वर्ष ५८।। राजा श्रीशसरु वर्ष ६३।। राजा श्रीगुणं वर्ष ७४।। राजा श्रीखिम्‌-

धारा, तेन ART, ASM गोपालेन दुष्टाः खनित्वा चः श्रीमत्पशुपतिभटारक [१७ ख]


प्रादर्भतः। । तत्राद्यो राजा श्रीभूमिगप्तः। वर्ष ८६।। राजा श्री-


य(ज)यगुप्त वर्ष ७३ मा ३।। राजा श्री धर्म्मगुप्त वर्ष ९१।। राजा श्री हर्षगुप्त वर्ष ६७।। राजा श्रीभीमराप्त वर्ष ३४।। राजा श्रीमनिगुप्त वर्ष ३-


७।। राजा श्रीविष्णुगप्त वर्ष ४६।। राजा श्रीजिनगप्त वर्ष ७१ एवम्मष्टा गोपालराजा भवतिः। | I । तदनु गोपालराजा निर्ज्जित्य


महिषपालनाम्‌ यथाक्रमेनः राज्यपदम्भुंजीतः।। राजा श्रीवरसिह वर्ष ४९ राजा श्रीजयसिह वर्ष ७१ मा २।। राजा श्रीभुवनांशह


वर्ष ४१।। एते त्रय महिष्रपाल राजा।। तत पश्चात्‌ गोपालमहिषपाल निर्ज्जित्य: किरातराजा प्रवर्ततः।। ।।राजा श्रीएलम् वर्ष ९०। राजा श्री


Read more

शुक्रवार, 24 अक्टूबर 2025

South Korea's fishermen keep dying. Is climate change to blame?

0

An increase in deadly incidents has been partly caused by climate change, an inquiry found.

Read more

Watch: UN official says Gaza ruins 'like Hiroshima'

0

Humanitarian chief Tom Fletcher talk to the BBC about scenes of despair he witnessed on a recent trip to the costal enclave.

Read more

बृहत्तर खशान क्षेत्र (कश्मिर, हिमाचल, उत्तराखन्ड र पश्चिम

0

 बृहत्तर खशान क्षेत्र (कश्मिर, हिमाचल, उत्तराखन्ड र पश्चिम नेपाल सुदुर पश्चिम र कर्णाली हुदे त्रीशुली सम्म र पुर्बी हिमालय पनि) क्षेत्र को जुम्ला -सिन्जा का खश्या राजा बलिराज रावल ले ६०० वर्षअघि यसरी सुरु गरेका थिए खश्या पर्व देउसी र भैलो


खश्या पर्ब देउसी भैलीबारे चर्चा गर्नुपूर्व खश हरु र खशान क्षेत्रबारे संक्षिप्त चर्चा गर्नु उपयुक्त होला। खश मल्ल राज्य स्थापना हुनु पूर्वको अवस्था र खश हरूको राज्य स्थापना भइसकेपछिको खशान क्षेत्रबाट बिस्तार भएको देउसी र भैलो संस्कृति  आजसम्म निरन्तर छ। यी सबै बुझ्नको लागि खशान क्षेत्रमा मानवीय बसोबास, यिनीहरुका क्रियाकलाप, भिन्न संस्कृतिबीच अन्तरसंघर्ष र त्यसबाट विकाश भएको संस्कृतिबारे चिरफार गर्नु आवश्यक हुन्छ।


खश मुल उद्गमस्थल मानसरोवर भएको कर्णाली नदीलगायत अन्य नदी, खोलानालाका खोँच र फाँटवरिपरि खश्या नस्ल का मानिसहरु बसोबास गर्ने गरेको विश्वास गरिन्छ। खश जातिको सत्वको लडाइँ पुस्तकमा उल्लेख भएअनुसार ‘... खश हरुको प्रभुत्व भएको यस क्षेत्रलाई खशान देश मानिन्थयो। पछि यिनीहरुले मानसरोवर क्षेत्रको ङारी प्रदेश र तिब्बतको गुंगेंलाई मिलाई विशाल खशान साम्राज्य  स्थापना गरेका हुन्।’ (शिवाकोटी : सन् २०१४ः १२१)


यस क्षेत्रको अझ प्राचीनतातर्फ दृष्टि दिंदा यहाँको संस्कृति निर्माणमा मानसरोवर वा कैलाश (कविलास) सभ्यताको पनि प्रशस्त प्रभाव परेको पाइन्छ। यसका साथै मध्यपूर्वबाट पहाडी भूभाग हुँदै पूर्व लागेका कविलाई हरु र पछि विभिन्न कालखण्डमा सिन्धुघाँटीलगायत दक्षिणबाट यहाँ प्रवेश गरेका विभिन्न मेदानी आर्य समूह, उप–समूह तथा खशान कै रैथाने खश्या नस्ल का जात–जातिहरूको संगमभूमि बन्न पुगी संयुक्त संस्कृति (मिश्रित खश-आर्य) संस्कृति) खशानि लोक संस्कृति बन्न पुग्यो। विभिन्न पुस्तकमा उल्लेख भएअनुसार खश हरु मानव बिकाश क्रम के बेला पूरा मध्य एसिया,साइबेरिया, र पश्चिम् तिब्बत र भारत को हिमालयी बेल्ट क्षेत्रको भुमिपुत्र-आदिवासी खश कविलाई परम्परा मान्ने समूहबाट बनेको जाति हो। 


यही भूमि कुनै बेला स्त्री राज्यका नामले परिचित थियो। आदिम समयदेखि यो भूमि खश सभ्यता का जातजाति सम्प्रदायको सङ्गमस्थल पनि थियो। यहाँका आदिबासीका रुपमा यक्ष, (तिब्बत मा यात्चे) गन्धर्व, किन्नर( हिमाचल मा खश किन्नोरी), खश, नाग आदि समुदाय रहेको पाइन्छ (जो अहिले पुर्नत खश महा जाती मा मिशृत भये) अहिलेको अवस्था मा चाहिँ इह जाती हरु खश हरु सङ मिसृत भे खश मा ने बिलिन भये।  नेपालको प्रारम्भिक इतिहासमा रुद्र, यक्ष, गन्धर्व, किन्नर, नाग, वृषभ, खश जनजाति यस भूमिमा क्रियाशिल रहेका अनेक प्रसङ्ग वेदपुराणहरुमा उल्लेखित छन्।


खसान क्षेत्र को जुम्लामा मिथकीय जालन्धर वंशपछि खश मल्लहरुले राज्य स्थापना गरे। त्यसपछि तिब्बतको ङारी गुंगे र सिंजा लामाथाडामा 2 राजधानी कायम गरी सन् ११५० मा शासनसत्ता स्थापित गरेका चाप/चल्ल वंशीय जाबेश्वर नागराज चल्ल/मल्ल ले स्थापना गरेको विशाल खश राज्य बन्यो। खश राज्यभित्र सवालाख पर्वत भएको हुँदा यसलाई ‘सपादलक्ष खश देश’ का नामले पनि चिनिने/शास्त्र पुरान हरुमा उल्लेख भयेको रत्नाकर देवकोटाले आफ्नो पुस्तक ‘वृहत जुम्ला राज्यको ऐतिहासिक विवेचना’मा उल्लेख गरेका छन्।


चाप/चल्ल/मल्ल हुदे खश मल्ल वंशका जाबेश्वर नागराजाका वंशहरुले 5०० बर्ष जति शासन गरेपछि पालवंशीय पुण्य मल्लको हातामा राजपाट आयो। यसै वंशका पृथ्वी मल्लको समयसम्म आउँदा पश्चिम् खसान कै कुमाउ गडवाल तथा डोटी, बझाङ विद्रोह तथा खारी प्रदेशको उन्मुक्ति हुँदै सिंजा खश राज्यमा बर्मा बंश को रजगज स्थापित हुन पुग्यो। पछि बाँकी रहेको खश राज्य बडेराजा मलय बर्माको समयमा विविध कारणले आफ्ना सन्ततिहरुलाई राज्य विभाजन गर्दा सिंजालगायत जुम्ला राज्यको राजपाट #वलिराज_रावल ले प्राप्त गरे।


वलिराजका सन्ततिहरूले विसं १४६१ देखि वि.सं. १८४६ (जुम्ला नेपाल राज्यमा एकीकरण नहुदासम्म) करिब ३८५ वर्ष राज्य गरेका थिए। बलिराज जुम्लाको सर्वाधिकार राजा भएपछि उनैले देउसी र भैलो खेल्ने प्रचलन चलाएको पाइन्छ। त्यसैले भैलोमा– ‘हामी त्यसै आएनौँ, वलिराजले पठाको’ भन्ने आँखर छ (जस्को मुल फट्टाउना अझे ठेट खश भाषा मा छ।


बलिराजा सनातन संस्कृति प्रती उदार, दानी थिए वा लौकिक जुम्लाका कल्याल वंशीय प्रथम राजा हुन् भन्ने बारेमा प्रश्न उठ्ने गरेको छ। कतिपयको केही विमति पनि छ। तर, यसका अध्यताहरुले लौकिक जुम्ली बलिराज भएको तथ्यहरुलाई उजागर गरेका छन्। त्यसैले भैलो नितान्त खशानी भूमि जुम्लामा सिर्जित भएको नयाँ प्रयोग हो। जो करिब ६०० वर्षभन्दा पुरानो विरासदलाई हालसम्म पनि स्वीकारेको पाइन्छ। हाल, भैलोसँगै जोडिएको देउसी प्रारम्भमा एकै साथ सुरुवात नभए पनि खश्या कविलाईहरुले प्रयोग गर्दै आइरहेको देउसी वा देउसुरे पनि भैलोसँग जोडिएको पाइन्छ।


जुम्ला राज्य र बलिराज रावल (शाही)

यमल, जमल, जुमल, जुमिला, जुमला हुँदै विसं १५०७ देखि जुम्ला नामाकरण भएको पाइन्छ। यसलाई छिनासिम र चौधान जुम्लाका नामले पनि चिनिन्छ। बलिराज रावल शाही ले जुम्लाको राजा भएपछि भैलो खेल्ने प्रचलनको सुरुवात गरेका थिए।


बलिराज रावल शाही ले जुम्लामा किन भैलो प्रचलन चलाए यस सम्बन्धमा त्यति खोज अनुसन्धान हुन सकेको छैन। यिनी जुम्लामा सर्वाधिकार राजा हुनुपूर्व तिव्रीकोट (हाल्को डोल्पा, र मुगुमा आफ्नो अधिकार जमाई बसेका थिए। यस्तै मलय बर्माको राज्य खण्डीकरण हुनुअघि मुसलमानहरुले खश राज्यसम्म आक्रमण गरेका थिए। मुसलमानी आक्रमणको संभावना टरेको थिएन। राज्यलाई मजबुत बनाउन छिमेकी राज्यसँग यिनको सम्बन्ध राम्रो थियो। विषम परिस्थितिमा राज्य युद्धमा होमिँदा अन्न कम हुने स्थानमा अन्नपात र रकम सङ्कलन गर्नको लागि भैलो प्रचलन चलाएको अनुमान गर्न सकिन्छ।


खश जाति र खश राज्यको खोज अनुसन्धान गरेका प्रा. इमान सिङ चेन्जोङ  ले उल्लेख गरेअनुसार– खशानमा मुसलमान (तिमुर) सँग लड्नको लागि संकलन गरिएको नगद जिन्सी चन्दालाई भैलोमार्फत सङ्कलन गरेको आशंका छ। जो पछि निरन्तर रुपमा चल्दै गयो र विभिन्न रुपमा प्रचलनमा आइराख्यो।


प्रारम्भमा भैलो वर्तमानको जस्तो यमपञ्चकमा नभएर मार्ग शुक्ल पूर्णिमाको रातमा एक दिन र पौष शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म खेलिन्थ्यो। केही स्थानमा पुष महिनाभरि खेलिन्थ्यो। कुनै बेला खशान क्षेत्रभित्रै पर्ने हालको बैतडीका केही स्थानमा दशैँको टीकाको दिनदेखि यमपञ्चकको अन्तिम दिन भाइटीकाको रातिसम्म भैलो खेल्ने प्रचलन छ।


बलिराज रावल शाहि जुम्लाको राजा हुनुपूर्व उनको प्रभुत्व रहेको टिव्रीकोट (हाल डोल्पा) र जुम्लाको केही स्थानमा पौष शुक्ल द्वितीयाका दिन आमाले छोरालाई टीका लगाई दिने र सोही दिन भैलो खेल्ने गरिन्छ। यहाँका कतिपय स्थानमा मंसिर पूर्णिमालाई भैलो पूर्णिमा र खसानका केही स्थानमा बालो भैलो र बुढो भैलोको नामले पनि पुकारिन्छ। यस क्षेत्रमा देउसीको प्रचलन भने धेरैपछि भएको हो।


प्रारम्भमा देउसी खेलिँदैनथ्यो। खशानको दक्षिण क्षेत्र जहाँ त्यस क्षेत्रमा प्रचलनमा आएको भैलो र देउसीको संयुक्त गायनलाई लोक संस्कृतिको स्थानान्तरणबाट उताको यता यताको उता प्रचलनमा आएको अनुमान गरिन्छ। प्रारम्भमा जुन उद्देश्य र कारणबाट भैलोको प्रचलन चले पनि भैलोबाट सङ्कलित चामल र नगदको पाटाभात खाने चलन छ। जुम्लातिर पौष महिनाभित्रै पाटा भात खाइन्छ भने खशानका अन्य स्थानमा भैलीको भातका नामले मंसिर, पौषमा खाने प्रचलन छ। केही स्थानमा भैलीको भात खाँदा, भात पाक्दै गर्दा उक्त स्थानमा भैली खेल्ने गरिन्छ।


प्रारम्भमा बेग्लै उद्देश्यले प्रचलित भैलो मंसिर पुसमा नखेलेर अब भने तिहारका पाँच दिन खेल्ने प्रचलन छ। अन्य हिन्दु हरुले मनाउने तिहारमा नेपालबाहेक अन्य देशका हिन्दूहरुले देउसी र भैलो खेल्ने प्रचलन नभएको हुँदा यो विशुद्ध खश्या संस्कृति हो भन्ने बुजिन्छ। यसको उत्पत्तिस्थल जुम्ला राज्य नै हो भन्नू सकिन्छ।


यस्तै, यमपञ्चकमा नेपालीहरुले गर्ने कुकुरपूजा पनि अन्य स्थानका हिन्दूहरुले गर्दैनन्। भारतीय हिन्दूहरुले हाम्रो भाइटीकालाई मनाउँदैनन्। बरु दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिने चलन छ।


देउसी, भुवो र सैरली

जुम्लाका दक्षिण क्षेत्रमा पर्ने खश्या भूमि विशेष गरी राप्ती भेरीका केहि मगर र बाहुन बस्ती हरुमा पनि  देउसी/देउसुरे/द्याउसुरै खेल्न गरिन्छ। पछि तिहारका यमपञ्चकका लक्ष्मीपूजाका दिन देखी भाइटीकासम्मको तीन दिन भैलीसँगै देउसी खेल्न थालियो। आजभोलि समयाभावले कागतिहारदेखि तिहारका पाँच दिन देउसी–भैलो एकसाथ खेलिन्छ। भैलोको गति सुस्त प्रकारको हुन्छ भने देउसीको गति केही तिव्र हुन्छ। देउसी फूर्तिलो प्रकारले छिटोछिटो उफ्रीउफ्री खेलिन्छ।


भुवो भने जुम्लाको उत्तरीभेग मुगु हुम्ला हुँदै बझाङतर्फ बढी प्रचलनमा रहेको पाइन्छ। खसान का दक्षिणी भेग राप्ती, भेरी तर्फ प्रारम्भिक अवस्थामा भुवो खेलिए पनि अव भने भूवो टाकुरी, भूवो खेल्ने नामका स्थान मात्रै छन्।


सैरली प्रचलन हालको जाजरकोट, रुकुम, सल्यान र सुर्खेतका भेरी नदी आसपासको खश्या क्षेत्र जाजरकोट खलंगादेखि रुकुम सल्यान, सुुर्खेतसम्मका स्थानमा तिहारको औंसीको दिनदेखि भाइटीकाको विहानसम्म अविवाहित कन्या केटीहरुले भैलो जस्तै सैरली खेल्ने प्रचलन थियो। औंसीको राति अमुक गाउँका सैरली (केटीहरु) लाई आमन्त्रण गरेर ल्याउने र तिहारको सैरली खेली सकेपछि एक वर्षसम्म सैरली गाउँका केटी र सैरली ल्याउने गाउँका केटाहरुबीच हाँसखेल, ठट्टा, रमाइलो गर्ने प्रचलन थियो। दुवै गाउँका केटाकेटी (स्थानीय ठेट खशकुरा मा छोट्या÷छोट्टीे) एकआपसमा रमाइलो गर्ने प्रचलनलाई सैरली भनिन्छ। उक्त क्षेत्रमा तिहारमा केटीहरुले सैरली खेल्ने गर्छन्। पुरुषलाई भैलेरा र केटीहरुलाई सैरली भन्ने गरिन्थ्यो।


देउसी भैलोमा परिवर्तन

अब विगत जस्तो परम्परागत रुपले खेलिने भैलो–देउसीमा परिवर्तन भएको पाइन्छ। समयसापेक्ष लोक निर्मित संस्कृतिहरुसँगै नाचिने स्थानीय लोकनाचहरु लहरे वा पैसरी, सिंगारु, सोरठी जस्ता नृत्यमा प्रयोग हुने भेषभूषा, गरगहनालगायत आभूषण अब विरलै देख्न पाइन्छ। मादल, झ्याली, बैजन जस्ता स्थानीय लोकबाजाहरु प्रयोग नभएर ड्रमसेट प्रयोग हुन्छ। स्थानीय गीतहरुभन्दा आयातित गीतहरुमा नचिने हुँदा प्रारम्भिक भैलो देउसीमा परिवर्तन आइसकेको छ।


परिवर्तनका नाममा हाम्रा लोक परंपरा संस्कृति जानी नजानी रुपान्तरण भइरहेको छ। जसको कारण खसान क्षेत्रमा रहेका विभिन्न प्रकारका लोकगीत, लोकसंस्कृति, लोकबाजा, लोकभेषभूषा धमाधम लोप हुँदै जाने डर छ।


सकारात्मक पक्ष भनेको भैलोबाट सङ्कलित रकमले सामाजिक कार्य गर्ने गरेका पाइन्छ। धनपतिहरुले विभिन्न संघ संगठन, पार्टीका नाममा भैलो खेलेर दक्षिणा (चन्दा) दिने प्रचलनले केही विकृति फैलाएको छ। केही संगठनहरुको मुख्य आयआर्जनको श्रोत भैलोलाई बनाउँदा शुद्ध सांस्कृतिक पर्वमा विकृति भित्रने डर त्यत्तिकै छ।


विभिन्न स्थानमा प्रचलित भैलो र देउसीका केही नमूनाहरु-


(क) खशान क्षेत्रो को उत्तर पश्चिम क्षेत्रमा प्रचलित देउसीको नमूना :

हुर्र हो – देउस्यो

कुर्र हो – देउस्यो

आइगिम् हामी – देउस्यो

रातो माटो – देउस्यो

चिप्लो बाटो – देउस्यो

खेल्दै आइगिम् – देउस्यो

यसु घरको आगनीमा – देउस्यो

देउसी खेल्न – देउस्यो

आइगिम हामी – देउस्यो

खेल्ने केटा – देउस्यो

आइग्या भनी – देउस्यो

दुख जन नमान्य – देउस्यो

पर्वले – देउस्यो

जोगले – देउस्यो

आइगिम हामी – देउस्यो

औसर माफ – देउस्यो

दुःख मनाउ नगर्नु – देउस्यो

अरुकासँगी धेरै जना – देउस्यो

हाम्रासँगी चारै जना – देउस्यो

जस्तै गरी – देउस्यो

डाँडामाथि – देउस्यो

फुक्र्या चडी नाच्दछे – देउस्यो

उस्तै गरी नाच हो – देउस्यो

हुर्र हो – देउस्यो

कुर्र हो – देउस्यो

नाच हो – देउस्यो

खेल हो – देउस्यो

यसु घरको – देउस्यो

तामा पैसो – देउस्यो

सुनचाँदी – देउस्यो

ताउली गाग्री – देउस्यो

हुन्ना खरकाउला – देउस्यो

भोट्या नुन – देउस्यो

सधैँभरि भरियून् – देउस्यो

यसु घरकी मालिक्नी – देउस्यो

बाँचिरहुन् – देउस्यो

हुर्र हो – देउस्यो

कुर्र हो – देउस्यो

(श्रोत –वीर जङ रोकाया क्षेत्री)


(ख) खशान को राजधानी जुम्लामा प्रचलित परंपरागत भैलो पहिला सुरु गर्दा मंगलबारमा औंसी परेको हुनाले प्रतिपदा तिथि बुधबारबाट शुरु गरिएको थियो। जुम्लामा प्रचलित सानो भैलो मंसिरमा एक दिन र पुषमा पर्ने ठूलो भैलोको एक नमूना –


जब रवि जान्याइ छन् गुरुका धनु राशमा

शुभ कार्य कै हुन्नन् यै पौष मासमा

रिथिथिति थाम्नलाई भैलो चलन चलाया

बलिराजले भैलेरा मानसरोवर पठाया

मानसरोवर पुगेर भैलो खेल्या भैलेरा

सरबर नुहाई कैलास घुम्या तिनफेरा

यो भैलो काँबाट उब्ज्यो मानसरवरबाट

सरोवरका भैलाले क्यौ क्यौ खान्गी पायो

सरोवरदयै उठ्या भैलो ताख्लाखर पुग्यो

ताख्लाखरका भैलले तामो खान्गी पायो

ताक्लाखरद्यै उठ्या भैलो सहर गुम पुग्यो

सहर गुमका भैलाले जिम्मुवाली पायो

सहर गुमदैै उठ्या भैलो जुम्ला चौधान पुग्यो

चौधान चौरका भैलाले क्यौ क्यौ खानगी पायो

चौधान चौरका भैलाले अड्डा खानगी पायो

हे औसी बार दर बुध बार

दमारे खोेली बाँसमा जोली

बाँसयभित्र आग्याँन ताप्या

पिपुल ढाल्या पिपल पाती

रायकी छाती राय जमाउनु

बाखरी खानु यो बाखरी

कसु सुहाल भैलो सुहाला

भैलेरा आया ऋतु जनाया

ऋतुकी मार्‍या हाम्री खेल्नी चाया

चार्‍या पैचार्‍या ढाल मौरु ढाल

काट पुरबाल भेडी जङ्गल

भैलाका रात्री चौथमी छेडो

पच्यामी घोडो घोडा घोडाउली

छेडो छेडाउली भैलो गयो दाङ

अरु क्यै नमाग मोहर पैसा माग

ताई तल जाउला छ्याई छ्याई गनौला

कस्ले दिया भनौला जिम्मुवालले दिया भनौला

नामै चलाउला नामैकी माया

हाम्री खेल्नी चार्‍या चार्‍या पैचास्या

दुवाजन जेलिया पाथाजन भरिया

पिप्ल जन गाज्या लाख बर्ष बाँच्या

घार मौरा आइवाज

ल्हास घोडा शिर ताज

अन्न भैलो दिन्यालाई अनिकाल नपरोस्

मोहर पैसा दिन्यालाई दाल्दले डेरा नगरोस्

(संकलक : जबिरा बुडा क्षेत्री, जुम्ला)

 

(ग)दशैको टीकाको दिनदेखि तिहारको भाइटीकाको रातिसम्म खेलिने बैतडी तिरको परंपरागत भैलीको नमूना –


छम्म छडिया

भक्कुला मडिया    

प्याउलीका फूल    

के वार उब्ज्यो

स्वादकी द्वारी

गाइको तिहार

देलाकी फागु

जो खाला आजु

आजुकी काजु

बढी भौला राजु

र्सेनी बार

खेलानी चाड

खेलहो खेल्दा

(श्रोत – मनोहर लामिछाने)


(घ) सल्यान र रोल्पा र रुकुम जिल्लाका केही स्थानमा खेलिने ढ्याउँसिरे –


ए भन भन संगी हो    –    ढ्याउँसिरे

ए स्वर मिलाइ कन    –    ढ्याउँसिरे

ए भट्टयाउनेको         –    ढ्याउँसिरे

ए स्वरै राखी        –    ढ्याउँसिरे

ए बजाउनेको        –    ढ्याउँसिरे

ए तालै राखी        –    ढ्याउँसिरे

ए बर्ष दिनको        –    ढ्याउँसिरे

ए तिहारैमा        –    ढ्याउँसिरे

ए रामै घरको        –    ढ्याउँसिरे

ए दलानैमा        –    ढ्याउँसिरे

ए आयौं हामी        –    ढ्याउँसिरे

ए आए भनी        –    ढ्याउँसिरे

ए पिर वादा        –    ढ्याउँसिरे

भट्टयाउने            समूह

ए औसर माफ        –    ढ्याउँसिरे

ए सधैँ हामी        –    ढ्याउँसिरे

ए आउने छैनौ        –    ढ्याउँसिरे

ए पुर्खै देखि        –    ढ्याउँसिरे

ए चलेको रीति        –    ढ्याउँसिरे

ए कुकुर तिहार        –    ढ्याउँसिरे

ए लक्ष्मीपूजा        –    ढ्याउँसिरे

ए गाईतिहार        –    ढ्याउँसिरे

ए गोवर्धन पूजा        –    ढ्याउँसिरे

ए बल्ल तिहार        –      ”

ए भाइ तिहार        –      ”

ए निधारैमा        –      ”

ए टीका लाउने        –      ”

ए गलियामा        –      ”

ए मखमली        –      ”

ए सयपत्री        –      ”

ए जमराको        –      ”

ए माला लाउने        –      ”

ए यो पर्वलाई        –      ”

ए जनाउनालाई        –      ”

ए मनाउनालाई        –      ”

ए आएका हामी        –      ”

ए ढ्याँउसिरे खेल्दै    –      ”

ए घरमूली आमा    –      ”

ए विदा दिनुस्        –      ”

ए ढ्याँउसिरेको        –      ”

ए आसिकैले        –      ”

ए धन धान्यले        –      ”

ए पूर्ण हवस्        –      ”

ए सुखै सुखले        –      ”

ए घरै छाओस्        –      ”

ए माटो छोए        –      ”

ए अन्न होओस्        –      ”

ए ढुंगा छोए        –      ”

ए धन होओस्        –      ”


(स्रोत : देवा घर्ती क्षेत्री, सल्यान)


इतिहासको एउटा काल खण्डमा आफ्नो भूमि रक्षा र राज्यको साख बढाउन तथा बचाउन प्रचलनमा ल्याइएको भैलो आज अर्कै रुप र परिवेशमा रुपान्तरित भएर सांस्कृतिक पर्वको रुपमा चलिरहनु लोकको स्वीकारोक्ति वा अनुमोदन हो। ६०० वर्षको यसको यात्रामा राज्यसत्ता र राजनैतिक अवस्थामा कयौं परिवर्तन आइसके पनि त्यसको प्रभाव भैलो संस्कृतिमा देखिँदैन।


त्यसैले राजनैतिक परिवर्तन गर्न जति सहज हुन्छ सांस्कृतिक परिवर्तन गर्न त्यत्ति सहज हुँदैन। लोकले चलाएको प्रचलन लोकले स्वीकार्दासम्म चलिरहन्छ। जुम्लाबाट चलेको भैलो जुम्ला राज्यमा नरहेका अन्य राज्यमा आ–आफ्नै प्रकारले  विभिन्न परिवेशमा चलाएको पाइन्छ। भैलोसँगै गासिदा देउसी पनि जुम्लामा पुगेको पाइन्छ।


देउसी र भैलो संस्कृतिमा जाति, धर्म, समुदायमा विभेद नहुनाले यसले सबै कालमा सबै हिमालयी जात जनमा मान्यता पाइनै रह्यो। तर यसको श्रीवृद्धि र वर्तमानसम्मको निरन्तरतामा खश र खशान क्षेत्रको देनलाई बिर्सन हुँदैन। किनकि खश हरु सधैं उदार थिए, कट्टर थिएनन्। यिनै विशेषताले आज भैलो देउसी संस्कृति अनवरत स्वस्फूर्त रुपले चलिरहेको छ। भैलो धर्म विशेष नभएर यसको सम्बन्ध भूगोलसँग छ। देउसी र भैलो संस्कृति अन्य स्थानका हिन्दूहरुमा छैन। त्यसैले हामी भन्न सक्छौं, देउसी र भैलो संस्कृति नेपाली/गोर्खाली/खश हरुको साझा संस्कृति हो भने यसको उद्गम भूमि खश देश या खशान क्षेत्र हो।


अन्त मा जय खश

जय खशान

जय गोरख


#khasa_civilization #ancient_history #khasamandal #khasadesh #himalaya #nepal #khasa #culture #heritage #khaptad #badimalika #भुमिपुत्र_मुलबासी_खश

#indigenous_khasa

Read more

Ads

 
Design by Sakshatkar.com | Sakshatkartv.com Bollywoodkhabar.com - Adtimes.co.uk | Varta.tv